अपरिपक्व यौन सम्बन्धले अस्पताल पुर्‍याएपछि…

Depressed_Woman
लोकपाटी न्यूज

एजेन्सी। सामाजिक सञ्जालमार्फत भएको चिनजानपछि प्रेममा डुबेका किशोर-किशोरीबीचको सम्बन्ध वियोगान्त बन्दा किशोरी अस्पताल र किशोर जेल (सुधार गृह) पुगेका छन्। यो घटना भारतको महाराष्ट्र राज्यस्थित बैतूलको हो।

किशोरीलाई उच्च रक्तस्रावपछि नागपुरस्थित अस्पताल भर्ना गरिएको छ। महाराष्ट्रकी १७ वर्ष ६ महिना उमेरकी एक नाबालिग किशोरी र १७ वर्ष १० महिना उमेरका नाबालिग किशोरबीचको फेसबुक मित्रता प्रेममा परिणत भएको थियो।

मुल्ताई थाना इलाकास्थित एक गाउँमा बस्ने नाबालिग किशोरले किशोरीलाई धम्की दिएर महाराष्ट्रको सीमावर्ती प्रभटपट्टनमा भेट्न बोलाए, त्यहाँबाट उनले ती किशोरीलाई बैतूलमा लगे। एक धार्मिक स्थलमा घुमेपछि उनीहरू होटेलमा छिरे, जहाँ उनीहरुबीच शारीरिक सम्बन्ध बन्यो।

शारीरिक सम्बन्धपछि किशोरीको स्वास्थ्य अवस्था बिग्रियो। उच्च रक्तस्राव भएपछि यी किशोरले एक निजी डाक्टर कहाँ किशोरीलाई लिएर गए। तर, ती डाक्टरले यो केस हेर्न मानेनन्। त्यसपछि बाध्य भएर ती किशोरले जिल्ला अस्पतालमा किशोरीलाई लगे।

जिल्ला अस्पतालले यी किशोरीको परिवारलाई उनी अस्पतालमा भर्ना भएको जानकारी दियो। त्यसपछि यी किशोरीलाई थप उपचारका लागि नागपुर लगियो। यता, पुलिसले किशोरलाई पक्राउ गरेर उनीविरुद्ध धारा ३७६, पाँक्सो प्रकरणमा मुद्दा दर्ता गर्‍यो, यी किशोरलाई अहिले सुधार गृहमा पठाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्