काठमाडाैं। नेपाल बार एसोसियसनले आफ्नो आन्दोलनमा सर्वाेच्च परिसरमा सुरक्षाकर्मीको परिचालन बढाएको भन्दै रोक्न चेतावनी दिएको छ। विगत केही दिनदेखिको आन्दोलनका क्रममा बार आन्दोलनमा सुरक्षाकर्मी प्रयोग गरेर आन्दोलन दबाउन खोजिएको भन्दै बारले विज्ञप्ति निकालेर विरोध जनाएको हो।
नेपाल बारका महासचिव लिलामणी पौडेलले जारी गरेको विज्ञप्तिमा सुरक्षाका नाममा कानुन व्यावसायीलाई सर्वोच्च प्रवेशको बाटो समेत बन्द गरेर अवरोध गरेको भन्दै यस्ता गतिविधि रोक्न चेतावनी दिएको छ।
बारले अदालतका सहयोगीको रुपमा काम गरिरहेका बारमाथि भइरहेका यस्ता गतिविधिले प्रधानन्यायाधीश जबराको राजीनामाको औचित्य थप पुष्टि भएको निष्कर्ष निकालेको छ।
नेपाल बारबाट जारी विज्ञप्तिः




लोकपाटी न्यूज

