‘मूल्यवृद्धि सम्बन्धी निर्णय फिर्ता नलिए आन्दाेलनमा उत्रिन्छाैं’

लोकपाटी न्यूज

काठमाडाैं।  अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि सम्बन्धी गरेकाे निर्णय फिर्ता नलिए आफूहरुले आन्दाेलनका कार्यक्रम अगाडि सार्ने बताएकी छन्। नेपाल आर्थिक पत्रकार संघद्वारा आयाेजित ‘पेट्राेलियम पदार्थकाे बढ्दाे मूल्य र यसकाे अर्थ राजनीति’ विषयक संवाद कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएकी हुन्।

उनले घाटाकाे व्यापारकाे नाममा जनतालाई नढाँट्न र आँखामा छाराे नहाल्न समेत आग्रह गरिन्। उनले भनिन्, ‘घाटाकाे व्यापारकाे नाममा जनता नढाँटियाेस्। यहाँ जनताकाे जनजीविकाकाे सवाल छ। अहिलेकाे निगमकाे निर्णय जनघाति छ। याे तुरुन्त फिर्ता गरियाेस् नत्र जनविराेधी काम गर्ने जाेसुकै भएपनि कुर्सिबाट हटाउँछाैं।’

त्यस्तै कार्यक्रममा बाेल्दै अनेरासवियूका अध्यक्ष सुदेश पराजुलीले मूल्यवृद्धि सम्बन्धी निर्णय फिर्ता नलिए निगम घेर्ने र काेही कर्मचारीलाई कार्यालय प्रवेश गर्न नदिने बताए। उनले भने, ‘मूल्यवृद्धि सम्बन्धी निर्णय यथाशीघ्र खारेज हुनुपर्छ। नत्र हामी निगमका काेही पनि कर्मचारीलाई कार्यालय प्रवेश गर्न दिँदैनाैं। अनेकका तथ्याङ्क निकालेर जनतालइ भ्रममा राख्ने काम नगरे हुन्छ। निगमले दिने तथ्याङ्क सबै झुटकाे पुलिन्दा मात्र हाे।’

कार्यक्रममा बाेल्दै अन्य विद्यार्थी संगठनका नेताहरुले पनि निगमकाे पछिल्लाे निर्णय जनघाति भएकाे र साे निर्णय यथाशीघ्र फिर्ता लिनुपर्नेमा जाेड दिएका थिए। स्वचालित मूल्यप्रणालीकाे नाममा जनतालाई भ्रमित नगर्न समेत उनीहरुकाे आग्रह रहेकाे थियाे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्