इन्डाेनेसियामा गयाे शक्तिशाली भूकम्प

Earthquack
लोकपाटी न्यूज

काठमाडाैं। इन्डोनेसियामा बिहीवार शक्तिशाली भूकम्प गएको छ। देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार भूकम्प गएको हो।

भूकम्प मापन सम्वन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ। ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन्।

त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ। स्थानीय समयानुसार विहिबार बिहान ८:४५ बजेतिर भूकम्प गएको हो।