निकुञ्जपीडित युवाद्वारा आन्दोलनको घोषणा

52340153_2318356554850672_8654334121910206464_n
लाेकपाटी न्यूज

काठमाडौं, ६ फाल्गुन। माडीसहित मध्यवर्ती क्षेत्रको उत्पीडनविरुद्ध युवा अभियान्ताहरुको भेला सप्तगण्डकी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । निकुञ्ज ऐन २०२९ को जनपक्षीय संशोधन माग राख्दै आन्दोलनरत युवाहरुको समूहले सङ्घर्षको कार्यक्रमअन्तर्गत बृहत भेला आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै युवा नेता तथा अभियन्ता सन्तोष पनेरुले निकुञ्ज ऐनको जनपक्षीय संशोधन नभएसम्म आन्दोलन नरोकिने बताए। सङ्घर्षको नेतृत्व अब युवाहरुको काँधमा आएको भन्दै पनेरुले युवाहरुलाई आफ्नो भूमिकाको रक्षा र विकासका लागि सचेत हुँदै रचनात्मक ढङ्गले अगाडि बढ्न अपील गरे ।

माडीबासीले अहिलेकै जनप्रतिनिधिहरु मेयर ठाकुर प्रसाद ढकाल, प्रदेश सांसद रामलाल महतो र प्रतिनिधि सभाका सांसद प्रचण्डकै नेतृत्व र पहलमा समस्याको समाधान हुने विश्वास राखेको भन्दै पनेरुले त्यसो नभए जनताको विद्रोहलाई रोक्न नसकिने समेत बताए ।

कुनै अमुक ऐन नियमका कारण जनताको आधारभूत अधिकार र विकासको चाहनालाई कुण्ठित गर्न नहुने उनको धारणा थियो । माडीबासीले अहिलेकै जनप्रतिनिधिहरु मेयर ठाकुर ढकाल, प्रदेश सांसद रामलाल महतो र प्रतिनिधि सभाका सांसद प्रचण्डकै नेतृत्व र पहलमा समस्याको समाधान हुने अपेक्षा राखेको भन्दै पनेरुले त्यसो नभए जनताको विद्रोहलाई रोक्न नसकिने बताए ।

त्यस्तै अर्का युवा नेता तथा अभियान्ता दीपक दवाडीले निकुञ्ज ऐन माडीबासी तथा मध्यवर्ति क्षेत्रका बासिन्दाका लागि दीर्घकालिन घाउजस्तै बनेको बताए । कुनै अमुक ऐन नियमका कारण जनताको आधारभूत अधिकार र विकासको चाहनालाई कुण्ठित गर्न नहुने उनले बताए ।

“आन्दोलन अगाडि बढ्यो । अब माडीबासीको विरुद्धमा उभिने जुनसुकै शक्तिलाई आन्दोलनले ढाल्नेछ। अभियानका संयोजक मिलन दिप पौडेलले युवाहरुको आन्दोलनलाई कमजोर नआँक्न चेतावनी दिए । अहिलेको नेतृत्वले समस्या हल नगरे युवाहरुले क्रस गरेर अगाडि बढ्ने उनको भनाइ छ । साथै युवाहरुको यो अभियानलाई साथ दिन सम्पूर्णमा अपील गरे ।

सङ्घर्षका कार्यक्रमअन्तर्गत फाल्गुन ६ गते दिउसो १ बजे पत्रकार महासंघको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम, बेलुका ४.३० बजे निकुञ्जका जनावरहरुको आक्रमणबाट निधन भएकाहरुको सम्झनामा दिप प्रज्ज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम राखिएको कार्यक्रमका सभापति समीर सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्