काठमाडौँ, ६ फागुन । नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिमा ३२ वर्षे उमेरहदको माग राखिएको छ । नेविसंघले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको हो ।
सोमबार विगठित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेरहद लगाउन माग गरेका हुन् । उनले भने, ‘विधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण भए आफूहरुलाई स्वीकार्य हुँदैन । तदर्थ समितिले छ महीनाभित्रै महाधिवेशन गर्नुपर्ने उनको भनाइ थियो ।
उपाध्यक्ष रहनुभएका रामप्रसाद अधिकारीले कार्यसमिति निर्वाचन गर्न सक्षम हुँदाहुँदै पनि पार्टीले विघटन गरेको आरोप लगाए ।
वि.स २०७३ भदौ ४ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित कार्यसमितिले दुई वर्ष पाँच महीना काम गरेको थियो ।



लाेकपाटी न्यूज

