बिहेमा नआएका निम्तालुलाई बेहुलीले पठाइन् भोजको बिल !

लोकपाटी न्यूज

एजेन्सी। बिहेको भोजमा लाखौँ खर्च हुन्छ । धेरै मात्रामा पकाइएको खाना भने बमोजिमको निम्तालु नआउँदा खेर जान्छ । एकसाथ धेरै निम्तालु बोलाएर बिहे भोज ख्वाउँदा भएको खर्चको कसैले मतलब गर्दैनन् । तर एक बेहुलीले भने यसमा आक्रोश पोखेकी छन् ।

एक विवाहमा निम्तालु नपुगेपछि बेहुलीले आक्रोशमा विहेमा भएको खर्चको बिल निम्तालुकहाँ पठाएकी छन् । बिहेमा बोलाइएका निम्तालुको खाना, सजावट लगायतको खर्चमा बेहुला बेहुलीले प्रति दुई अतिथिका लागि लगभग १ सय ७५ युरो, अर्थात् करिब २७ हजार नेपाली रुपैयाँ खर्च गरेका थिए । यो खर्चमा रिसेप्शन डिनर, अन्य चीजको पनि व्यवस्था थियो । तर फोनका बावजुद निम्तालु पुगेनन् र बेहुलीले निम्तालुकोमा २७ हजारको बिल पठाइन् ।

आफ्नो बिहेमा भएको ठुलो खर्चलाई चुकाउन भन्दै ती बेहुलीले खर्चको लिष्ट पठाएकि थिइन् । निम्तालुले जब यो बिल पाए उनीहरु पनि चकित भए । बिलका साथमा एक नोट थियो, जसमा लेखिएको थियो, हामीले तपाईंलाई निम्तो गर्यौं तर तपाईंहरु नआउने कुनै सूचना पाएनौँ । जसका कारण हामीले सास्ती पायौं । त्यसैले यो तपाईंले भुक्तानी गर्नु पर्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्