काठमाडौं । शिक्षक सेवा आयोगले तिहारलगत्तै स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी गरेको छ । तिहार लगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग छलफल गरी विज्ञापन खोल्ने तयारी रहेको आयोगले जनाएकाे छ।
आयाेगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार आयाेग तिहारलगत्तै शिक्षामन्त्रीसँग एक पटक छलफल गरेर विज्ञापन खुलाउने आन्तरिक तयारीमा रहेकाे छ। आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुझाएको तथ्यांक अनुसार माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तीनै तहमा गरी १७ हजार बढी विषयगत शिक्षक पद रिक्त रहेकाे अवस्था छ ।
नियमावली संशोधन नहुँदासम्म वार्षिक कार्यतालिका सार्वजनिक गर्न र शिक्षक बढुवाको लागि विज्ञापन खुलाउन भने समस्या हुने आयोगले जनाएको छ ।



लोकपाटी न्यूज

