काठमाडौं, ६ फागुन । प्रतिनिधि सभाको बैठकमा सोमवार सांसदहरुले चारजना मन्त्रीसँग प्रश्न गर्ने भएका छन् ।
दिउँसो १ बजे बस्ने बैठकमा रक्षा, शिक्षा तथा विज्ञान प्रविधि, उर्जा तथा सिँचाइ र भौतिक पूर्वाधार एवं यातायात मन्त्रीसँग सांसदहरूले प्रश्न सोध्नेछन् ।
मन्त्रीहरूसँग सांसदले मौखिक प्रश्न सोध्ने र मन्त्रीले जवाफ दिने कार्यक्रम तय गरिएको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा लेखा परीक्षण विधेयक पारित गर्ने कार्यसूची छ ।



लाेकपाटी न्यूज

