कष्टसाध्य अभियानमा डा. बाबुराम भट्टराई

Baburam
लाेकपाटी न्यूज

काठमाडौं ६ फागुन । यतिबेला नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई देश दौडाहामा छन् । डा.भट्टराईले सुदुर पूर्वको ताप्लेजुङ्गबाट असल राजनिती र समावेसी विकासको लागि जनसम्बाद यात्रा शुरु गरेका हुन् ।

पूर्व माओवादी नेतासमेत रहेका डा. बाबुराम भट्टराईले यात्रा शुरु गरेको आज २० दिन पुगेको छ । सोमबार २० औं दिनमा उनी बमग्लुङ्ग पुगेका छन् ।

बिउँ पोखरा,गलकोट हटिया, खर्बांग र गुल्मी वामीटक्सार र पौंदी अरेबामा कार्यक्रम उत्तिकै उत्साहसाथ अघि बढेको उनले बताए ।

उनलाई यी विभिन्न ठाउँमा झाँकीसहित स्वागत गरिएको थियो । जहाँ उनले विभिन्न पार्टीका नेताहरु र स्थानीय जनसमुदायसँग भेटघाट तथा जनसम्बाद गरेका छन् ।

संसदमा एउटा मात्रै प्रतिनिधित्व रहेको नयाँ शक्तिले संसदबाट भन्दा सडकबाट जनतामा जागरण ल्याउने काम शुरु गरेको उनको भनाई छ ।

डा. भट्टराईले सरकारले जनपक्षीय काम गर्न नसकेको भन्दै आफूहरुले उठाएको समृद्धिको योजना र अभियानले मात्रै मूलुक विकास हुने दावी गरेका छन् । उनको अभियान एक महिने हुने बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्