‘निर्वाचनमा एमालेसँग ‘सिङ्गल–सिङ्गल’ लड्न आउनुहोस्’

Mahesh_Basnet
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा एमालेका युवा नेता महेश बस्नेतले एमालेसँग आगामी निर्वाचनमा कांग्रेस लगायत अन्य दललाइ  ‘सिङ्गल–सिङ्गल’ लड्न चुनौती दिएका छन् । उनले चुनावी गठबन्धन नगरी एक्लाएक्लै चुनाव लड्न चुनौती दिएका हुन् ।

सोमबार प्रेस चौतारी नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनताको ताजा जनादेश पाउनका लागि निर्वाचनमा जानु बाहेक विकल्प नरहेको पनि बताए । काँग्रेस फेरि गठबन्धन बनाउने र एमालेलाई हराउने ‘डिजाइन’को साथमा आए ‘हरिविजोग’का साथ हार बेहोर्ने उनको भनाइ छ ।

बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै केपी ओलीले देखाएको बाटो हिँड्न नसकेकै कारण समस्या भएको बताए । ‘प्रचण्डले दुई वर्ष कुर्न सकेको भए उहाँ झण्डै दुई तिहाई जनमत होल्ड गर्न सक्ने प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो,’ उनले भने, ‘तर, उहाँले विभिन्न रणनीति खेलेर भुइँमा पछार्ने काम गर्नुभयो ।’