काठमाडाैं। नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा सक्रीय भएका प्रभु साह एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन्।शुक्रबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमालेकाे केन्द्रीय कमिटी बैठकमा साह उपस्थित भएका हुन्।
साह केही समयदेखि एमालेभित्रै असन्तुष्ट भएका थिए। उनले नयाँ पार्टी खोल्न लागेको चर्चासमेत भइरहेको थियो। यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनी पक्षका दुई जनालाई केन्द्रीय कमिटी सदस्य बनाएका थिए। ती केन्द्रीय सदस्यले आज सपथ समेत लिएका छन्।
साह नेकपा खारेजसँगै अध्यक्ष ओलीलाई साथ दिँदै एमालेमा सक्रीय भएका थिए। यसअघि गत असोजमा बसेको एमालेको नीति महाधिवेशनमा भने साह उपस्थित भएका थिएनन्। उनले ८ बुँदे मागसहित पार्टीमा असन्तुष्टी व्यक्त गरिरहेका थिए।



लोकपाटी न्यूज

