कांग्रेस महाधिवेशन : संशाेधित कार्यतालिका सार्वजनिक

Congress_Mahadhiveshan
फाइल तस्विर
लोकपाटी न्यूज

काठमाडाैं। नेपाली काँग्रेस महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएको छ । काँग्रेस निर्वाचन समितिले बिहीबार आगामी मंसिर २४ देखि २७ गतेसम्म महाधिवेशन गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।

पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले कार्यतालिका ल्याएको हो । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । सोही अनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याएको हो ।

यसअघि काँग्रेसले तीन पटक महाधिवेशन सारेको थियो । ​काँग्रेसले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण भदौ ७ देखि १० सम्मका लागि महाधिवेशन सारियो । तर, क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई कारण देखाएर फेरि भदौ १६ देखि १९ सम्म गर्ने निर्णय भयो ।

क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसकेपछि मंसिर ९ देखि १३ सम्म सारिएको थियो । उक्त मितिमा पनि महाधिवेशन हुन नसकेपछि काँग्रेसले नयाँ मिति तय गरेको हो ।