माओवादीको वडाध्यक्ष र एमालेको वडा सचिवमा एकै व्यक्ति

लोकपाटी न्यूज

काठमाडाैं। झापामा एकै व्यक्ति नेकपा एमालेको वडा सचिव र माओवादी केन्द्रको वडाअध्यक्ष भएका छन्। झापाको कनकाई नगरपालिकामाका नरबहादुर राई कनकाई नगरपालिका वडा नम्बर २ मा माओवादी केन्द्रबाट वडाध्यक्ष र नेकपा एमालेको विधान महाधिवेशन पछिको पहिलो वडा अधिवेशनबाट वडा सचिवमा निर्वाचित बनेका हुन्।

उनी माओवादीको केही दिन पहिले भएको वडा भेलाबाट २ नम्बर वार्ड अध्यक्ष चुनिएका थिए। एक साता नबित्तै उनी एमालेको वडासचिवसमेत चुनिए।

एक हप्तामै पार्टी परिवर्तन गरेका उनले सबै साथीहरू एमालेतिर लागेकाले आफू पनि एमालेमै लागेको बताएका छन्। झापाको कनकाई नगरपालिकामा माओवादीबाट एमाले रोज्ने अधिकांशले वडाध्यक्ष पाएका छन्।