पहिचान पुरस्कारको लागि पाँच पुस्तक छनोट सूचीमा

लोकपाटी न्यूज

काठमाडौं । यस वर्षकाे पहिचान पुरस्कारका लागि पाँच पुस्तक छनाेटमा परेका छन्। पहिचान पुरस्कार कोषले  गत वर्षभरि प्रकाशित उत्कृष्ट पाँच पुस्तक पहिचान पुरस्‍‍कारको लागि छनोट गरेको हाे।

२०७७ साउन देखि २०७८ साउनसम्म प्रकाशित भई कोषमा प्राप्त भएको पुस्तकहरुबाट साे सूची छनोट गरिएको हो । उत्कृष्ट पाँच पुस्तकमा श्याम शाहको कथासंग्रह ‘पथेर’, अनन्त वाग्लेको उपन्यास ‘कदम’, प्रकाश आङदेम्बेको कवितासंग्रह ‘म एउटा विहान हिँडिरहेछु’ बिना थिङको कथासंग्रह ‘याम्बुनेर’ र केदार संकेतको कथासंग्रह ‘अफगानी रणमैदान’ रहेको छन्।

पहिचान पुरस्कार काेषले यसभन्दा अगाडि चार वटा कृतिहरूलाई पहिचान पुरस्कार दिइसकेकाे  छ । राजन मुकारुङको ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयाङको सुगन्ध’ र यज्ञशको ‘भुइँया’ तथा उन्मुक्त पुस्ताको ‘आफर’ र सरस्वती प्रतीक्षाको ‘नथिया’ले पहिचान पुरस्कार पाइसकेका छन् भने ‘पहिचान सम्मान’बाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकिएको छ ।

यस वर्षको पहिचान पुरस्कारको घोषणा डिसेम्बर २०२१ मा हुने पुरस्कार कोषका संस्थापक नरेश काङमाङले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्