कामसूत्रमा यौन सुखको वर्णन

Couples_Intimate1
लोकपाटी न्यूज

यौन जीवनलाई कसरी रोमाञ्चक र आनन्ददायक बनाउने ? यस सम्बन्धमा प्राचीन कालदेखि नै विभिन्न खोज-अध्ययन हुँदै आएका छन्। यौन एक स्वाभाविक र प्राकृतिक प्रक्रिया हो। आपसी सहमतिमा हार्दिकतापूर्वक हुने यौन क्रियालाई अपराध वा छाडा मानिँदैन। खासगरी दम्पतीबीच हुने यौन-क्रियालाई एक अनिवार्य एवं अपरिहार्य मानिन्छ।

तर, जबरजस्ती, बर्बरतापूर्वक, एकलौटी हिसाबले, जथाभाबी गरिने यौन क्रिया अपराध हो। त्यसैले सन्तुलित र स्वस्थ यौन जीवनका लागि हामीलाई सही मार्गदर्शन खाँचो हुन्छ। यौन विकार र कुष्ठाहरुबाट माथि उठेर यसको अर्न्तयलाई बुझ्न सक्नुपर्छ। तब, यौन क्रियाबाट चरम आनन्द प्राप्त हुन्छ। यौनका सम्बन्धमा महर्षि वात्स्यायानले एउटा ग्रन्थ नै रचना गरेका छन्, कामसूत्र। विश्वकै प्रथम यौन-संहिता मानिएको छ यसलाई। भनिन्छ, यो महिला र पुरुष दुवैले अध्ययन र मनन गर्नुपर्ने ग्रन्थ हो। यसलाई ३६ अध्याय र ६४ प्रकरणमा विभाजित गरिएको छ।

कामसूत्रले यौनलाई एक कलाकै रूपमा पेस गरेको छ। मान्छेका विभिन्न कला जस्तै यौन-कला पनि एउटा महत्त्वपूर्ण पाटो हो। यस अन्तर्गत यौन क्रिया अघि, यौन क्रियाका क्रममा र यौन क्रियापछि गर्नुपर्ने कामहरूबारे स्पष्ट लेखिएको छ। साथै यस क्रममा अपनाउनुपर्ने सावधानी पनि यसमा उल्लेख छ।

यौन क्रियामा आलिंगान, चुम्बन, स्पर्श, दाँत र नङको प्रयोग, यौनांगको स्पर्श आदि सामेल छन्। यद्यपि कामसूत्रले यौन क्रियाको बारेमा मात्र चर्चा गरेको छैन। यौन क्रिया त यसको एउटा पाटो मात्र हो। खासगरी दाम्पत्य जीवनलाई कसरी मधुर बनाउने भनी आवश्यक सुझाव दिएको छ। पारिवारिक सम्बन्ध र दाम्पत्य जीवनलाई उत्कृष्ट बनाउने कला सिकाइएको छ। यसैको एक अंशको रूपमा यौन क्रिया समेटिएको हो।

कामसूत्र भन्नसाथ धेरैले यौन आसन वा यौन क्रियामा आधारित भनेर बुझ्छन्। तर, यस्तो होइन। कामसूत्रको सात भागमध्ये एउटामा यौनको चर्चा छ। यसको अधिकांश हिस्सा महिला र पुरुषको आचार-व्यवहार र कामको दर्शनबारे लेखिएको छ। वात्स्यायानको कामसूत्रमा ६४ कलाको बारेमा उल्लेख छ।

कामसूत्रको पहिलो अध्यायमा जीवनको लक्ष्यबारे चर्चा गरिएको छ। यसमा जीवनको प्राथमिकता र ज्ञानको बारेमा बताइएको छ। सुखी र सम्पन्न कसरी बन्ने र प्रेमको संसारमा कसरी प्रवेश गर्ने भन्ने कुरा यसमा लेखिएको छ। दोस्रो अध्यायमा मान्छेको इच्छाबारे बयान गरिएको छ। यसमा सम्भोगको आयाम जस्तै आलिंगन, चुम्बन, सम्भोग कला, मुख मैथुन, प्राकक्रिडा जस्ता कुरा बताइएको छ। यस इच्छालाई कसरी ६४ आसनबाट पुरा गरिन्छ भनेर विस्तृतमा लेखिएको छ।

तेस्रो अध्यायमा पुरुषको विवाह र त्यसको प्रकारबारे उल्लेख छ। साथसाथै सही जीवनशैली छनौटको आधारहरू के के हुन भनी सुझाव दिइएको छ। पाँचौं अध्यायमा पुरुष र महिलाको आपसी व्यायवहारबारे कुरा गरिएको छ। यसमा उनीहरूले एक अर्कालाई कसरी बुझ्ने, कसरी एक अर्काको भावनालाई बुझ्ने आदिबारे चर्चा गरिएको छ। छैठौं अध्यायमा महिलाका लागि जानकारी दिइएको छ। यसमा महिलाले कसरी सही जीवनसाथी छनौट गर्न सक्छन् भनी सुझाव दिइएको छ।

यस ग्रन्थमा जीवन र जगतको बारेमा धेरै कुरा समेटिएको भएपनि यौनलाई नै मान्छेले प्राथमिकता दिएर यस ग्रन्थको चर्चा गरेका छन्। हुन त आज पनि मान्छेहरू यौनका बारेमा खुलेर चर्चा गर्दैनन्। यौनलाई छाडा भनी बुझ्ने गर्छन्। यौन एक प्राकृतिक क्रिया हो। यो कुन बेला छाडा र कुन बेला स्वाभाविक हुन्छ भनी भेद छुट्याउन जरुरी हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्