गुरुयोजना बनाएर पीडितका समस्या सम्बोधन गर्छु : प्रधानमन्त्री

लोकपाटी न्यूज

काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिरोबाट भएको क्षति र पीडितलाई सम्बोधन हुने गरी गुरुयोजना बनाइने बताएका छन् । बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा आज साँझ कञ्चनपुरको दोधारा–चाँदनी पुगेका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराेबाट नराम्ररी प्रभावित भएको बताएका हुन् ।

“बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाएँ”, उनले भने, “निरीक्षणपछि काठमाडौँ फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ ।” उनले आफू निरीक्षणका क्रममा बाढी र पहिराले पु¥याएको क्षति देखेर दुखित भएको बताए ।

प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद र वीरबहादुर बलायर सहभागी छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्