काठमाडौं । नेपालीहरूमा दिन प्रतिदिन व्यस्तता बढ्दो छ। व्यस्तताको कारण मानिसहरुले घर सरसफाईको लागि समय दिन पाएका हुँदैनन्। यति बेला दशैंको समय छ।
वर्षभरि व्यस्त रहने भएपनि चाडपर्वको बेलामा हामी बिदामा हुन्छौं। बिदाको समयमा कामको सिलसिलामा घरबाहिर रहेका व्यक्तिहरु घर फर्किएका हुन्छन्। मानिसहरु केही फुर्सदिला देखिएका हुन्छन्।
यस्तो समयमा हामी घरमा बसेर के गर्न सक्छौं त ? यसको उपाय पनि छ। हामी के चाहन्छौं ? सम्भवतः मलाई लाग्छ पहिले हामी निरोगी अथवा स्वास्थ रहन चाहन्छौं। यसको लागि सबै भन्दा महत्व पूर्ण कुरा हो सरसफाई।
चाडपर्वको बिदामा हामीले घरको सरसफाईमा समय दिन सक्छौं। यहिबेला घरको भित्री, बाहिरी निकै मेहनतका साथ सफा गर्नसक्छौं। समय अभावका कारण अरु बेला हुन नसकेको सरसफाइ विशेष गरि चाडपर्वको बिदामा गर्नसकिन्छ।
भान्साको सफाई: हामीले भान्सा भने हरेक दिन सफा राख्नु पर्छ। किन भन्दा भान्सा जीवनको अभिन्न हिस्सा हो। भान्सा र हाम्रो स्वास्थ्यको सम्बन्ध पनि अन्योन्याश्रति छ। भान्सा सफा भए मात्र खानेकुरा पनि सफा हुन्छन् अनि त्यसपछि मात्र हामी स्वस्थ रहन सक्छौं।
भान्सामा प्रयोग गरिने सामान पनि सफा तथा चम्किलो हुनु आवश्यक छ। हामी यो सब किन गर्छौ भन्दा यसबाट रोगमुक्त रहन पनि मद्दत मिल्छ।
वाटर फिल्टरको सफाइ: वाटर फिल्टरलाई हख प्तामा एकपटक सफा गर्नुपर्छ। त्यसका लागि फिल्टरको प्युरिफायर क्यान्डल निकालेर माइल्ड साबनुले धुनुपर्छ। क्यान्डलमा जमेको फोहोर सफा गर्न नरम जाली प्रयोग गर्न सकिन्छ। सफा गरिसकेपछि क्यान्डललाई केही बेर सुकाउनुपर्छ।
वासिङ मेसिनको हेरचाह: वासिङ मेसिन सफा गर्नुअघि त्यसलाई खाली गरी तातोपानी भर्नुपर्छ र एक कप भेनेगर मिसाएर मेसिन चलाउनुपर्छ। केही बेर मेसिन चलाएपछि बन्द गरी त्यसमा आधा कप बेकिङ सोडा हालेर मेसिनलाई वास मोडमा चलाएर बन्द गर्नुपर्छ। एक घन्टासम्म मेसिनलाई त्यत्तिकै छोड्नुपर्छ।
डस्टबिन : साधारणतया डस्टबिनलाई सिंकमुनि राखिन्छ। डस्टबिन ढक्कन भएको हुनुपर्छ। डस्टबिनमा सीधै फोहोर हाल्नुभन्दा पनि पहिले थोरै बोरेक्स पाउडर छर्की डस्टविनलाई प्लास्टिकको झोलाले बेरेर फोहोर हाल्नुपर्छ। डस्टबिन नियमित रूपमा सफा गर्नुपर्छ। डस्टबिनमा प्लास्टिकको थैलो राखेर भरिएपछि उक्त थैलीको व्यवस्थापन गर्नुपर्छ।
भाँडाको सफाइ: पकाउने वा खाने भाँडा राम्रोसँग सफा गर्नुपर्छ। फलामको ताबा, तामाको फिल्टर, कराही आदि सफा गर्न पीताम्बरी प्रयोग गर्नुपर्छ। यसैगरी पित्तलका भाँडा कागतीको रसमा पीताम्बरी मिसाएर सफा गर्न सकिन्छ। स्टिलका भाँडालाई लिक्विड सोप वा पाउडर प्रयोग गरी स्पन्जको सहायताले सफा गर्नुपर्छ।
विद्युतीय सामग्रीको सफाइ: घरमा प्रयोग गरिने विद्युतीय सामानको नियमित सरसफाइ तथा हेरचाह आवश्यक छ। अहिले धेरैजसोकहाँ ग्यास चुल्हो तथा माइक्रोवेभमा खाना बनाउने चलन छ। यस्ता साधनमा खाना पकाउँदा खानेकुरा खसे तुरुन्त सफा गर्नुपर्छ।
ग्यास चुल्होमा दूध वा चिया पकाउँदा उम्लिएर खस्ने सम्भावना हुन्छ। तरकारी वा दाल पनि पोखिन्छ। खाना पकाएपछि खानेकुरा खसे पनि नखसे पनि ग्यास चुल्हो सफा गरिहाल्नुपर्छ। यस्ता सामानको हेरचाह एवं सरसफाइ उचित ढंगमा गरिएन भने समयपूर्व नै बिग्रने वा दुर्घटना हुने सम्भावना हुन्छ।
स्वास्थ्यका लागि ध्यान दिनुपर्ने विषयः
१. खानाको तयारी र खाना व्यवस्थापन
२. हातले खाना खानु
३. शौचालय प्रयोगपछि
४. जब मानिसहरू खोकिरहेका, हाछ्युँ गरिरहेका र सिँगान फालिरहेका हुन्छन्
५. घरका फोहोर लुगा र ओढ्ने ओच्छ्याउने लुगाको सरसफाइ र व्यवस्थापन
६. घरपालुवा जनावरको देखभाल
७. घरको फोहोर व्यवस्थापन
८. सङ्क्रमित परिवारका सदस्यको देखभाल
शौचालय प्रयोग गरिसकेपछि, खोकेपछि, हाछ्युँ गरेपछि, अनि बिरामी मानिसको सेवा गरेपछि हात धुनु अति आवश्यक रहेको रिपोर्टमा लेखिएको छ। भान्छाको भुइँ र मासु काटिसकेपछि काट्न प्रयोग गरिएको सतह अर्थात चपिङ बोर्डु सफा गर्नु अति आवश्यक छ।
त्यसैगरी स्यान्डविच र खाजा बनाउनु अघि चपिङ बोर्ड सफा गर्नुपर्छ। र फोहोर सफा गरिसकेपछि भाँडा माझ्ने वस्तु र ब्रशहरू सफा गर्नुपर्छ। भुइँ र फर्निचर फोहोर देखिन सक्छन् तर तिनमा रहेका सूक्ष्म जीवाणुले स्वास्थ्य खतरामा भने पार्दैनन्।



लोकपाटी न्यूज

