राजीनामा दिएर पाठक उम्कन सक्दैनन् : योगेश भट्टराई

Yogesh Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले राजीनामा दिएका आयुक्त राजनारायण पाठकको भ्रष्टाचारसम्बन्धी विषयमा तत्काल छानबिन गरी कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेका छन् ।

सांसद भट्टराईले भ्रष्टाचारसम्बन्धी विवादमा मुछिएका पाठकले आफ्नो पदबाट राजीनामा दिए पनि पूर्वआयुक्तको हैसियतमा उनीमाथि छानबिन गरी कार्वाही गर्न अख्तियारसँग माग गरेका हुन् । नेपाल इन्जिनियरिङ कलेजबाट ७८ लाख घुस खाएको भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट राजीनामा दिएका थिए ।

सांसद भट्टराई सोही कलेजका विषयमा छानविन गर्न गठित संसदीय उपसमितिको संयोजक रहेका थिए । पाठकको सो राजीनामा दिने निर्णय उपयुक्त भएको र उनीमाथि अब छानबिन गरी कार्वाही गर्ने दायित्व अख्तियारकै रहेको सांसद भट्टराईको भनाई छ।

सांसद भट्टराईले संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले सो कलेजबारे छानवीन गर्दा भ्रष्टाचारको विवादमा तानिएकाहरू सबैलाई कार्वाही गर्न पनि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद भट्टराईले संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले सो कलेजबारे छानवीन गर्दा भ्रष्टाचारको विवादमा तानिएकाहरू सबैलाई कार्वाही गर्न पनि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्