काठमाडाैं। नवनियुक्त युवा तथा खेलकूद मन्त्री महेशवर गहतराज अथकले मन्त्री बन्नासाथ कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने बताएका छन्। उनले मन्त्रीकाे पदभार ग्रहण गर्दै पहिलाे निर्णयका रुपमा साे कुरा बताएका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाकाे नेतृत्वमा बनेकाे गठबन्धन सरकारमा गहतराज नेकपा माओवादी केन्द्रबाट युवा तथा खेलकूद मन्त्रीका रुपमा सरकारमा सहभागी भएका हुन्। उनले आजै पद तथा गाेपनियताकाे शपथ खाएका हुन्।
पद तथा गाेपनियताकाे शपथ खाएसँगै मन्त्रालयमा आफ्नाे पदभार सम्हाल्दै कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने काम प्राथमिकतामा राखेकाे बताएका हुन्। याे सँगै खेलकूदका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आफ्नाे कार्यकाललाइ सफल बनाउन प्रयत्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।



लोकपाटी न्यूज

