मन्त्रीहरुको शपथलगत्तै देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

लोकपाटी न्यूज

काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त मन्त्रीहरुकाे शपथलगत्तै मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बाेलाएका हुन् ।

बैठक केहीबेरमै सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ भने उनीहरुको राष्ट्रपति भवन शीतल निवासमा साँझ शपथ भएको थियो ।

शपथलगत्तै बैठकमा सहभागी हुन मन्त्रीहरु सिंहदरबारतिर लागेका छन् । आज राष्ट्रपतिले १६ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएका हो । मन्त्रिपरिषद्का बैठकपछि मात्रै नवनियुक्त मन्त्रीहरुको पदभार हुनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्