काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाकाे मन्त्रिमण्डलमा समेटिएका २५ सदस्यमध्ये ११ जना पहिलो पटक मन्त्री बन्ने अनुहार हुन्। देउवा नेतृत्वको मन्त्रिमण्डलमा पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्नेमा काँग्रेसका दुईजना छन् ।
काँग्रेसबाट पहिलो पटक मन्त्री बन्नेमा उमा रेग्मी र गजेन्द्र हमाल छन् । त्यस्तै नेकपा माओवादीबाट एक राज्यमन्त्रीसहित चार जना रहेका छन् । जसमा देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादव पहिलो पटक मन्त्री बनेका हुन् । श्रेष्ठ यसअघि राज्यमन्त्री भएपनि अहिले क्याविनेट मन्त्री बनेकी हुन् । यादव राज्यमन्त्री हुन् भने बाँकी तीनजना क्याबिनेटस्तरका मन्त्री बनेका हुन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका पनि चार जना नयाँ अनुहार मन्त्री बनेका छन् । समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ र भवानी खापुङ पहिलो पटक मन्त्री भएर सिंहदरबार छिरेका हुन् । खापुङ पनि राज्यमन्त्री हुन् । यस्तै जनता समाजवादी पार्टीबाट रामसहाय यादव पहिलो पटक मन्त्री बनेका छन्।



लोकपाटी न्यूज

