नेकपा एकीकृत समाजवादीबाट काे-काे बन्दैछन् मन्त्री ?

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार (किसान) श्रेष्ठलाई सरकारमा पठाउने भएको हाे ।

एक राज्यमन्त्रीको भने नाम टुंगो लागिनसकेको बुझिएकाे छ। एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुमा विरोध खतिवडा र रामकुमारी झाँक्री पहिलेदेखिकै चर्चामा आएका अनुहार हुन् ।

अन्ततः ओली सरकारमा पनि मन्त्री रहेका प्रेमबहादुर आले पनि मन्त्री बन्ने भएका छन् । त्यस्तै अन्तिम घडीमा एमाले छाडेर माधव नेपाललाई साथ दिएका कृष्ण कुमार (किसान) श्रेष्ठ पनि मन्त्री बन्ने भएका छन्।