कांग्रेस पाैडेल पक्षले टुंगाे लगायाे मन्त्री बन्नेकाे नाम

Ramchandra_Poudel
लोकपाटी न्यूज

काठमाडाैं। मन्त्रिपरिषद् विस्तारकाे तयारी तीव्र रुपमा अगाडि बढेसँगै काँग्रेसभित्रको रामचन्द्र पौडेल पक्षले पनि  मन्त्री बन्ने दुइ जनाको नाम टुंगो लगाएको छ । नेताहरु मिनेन्द्र रिजाल र दिलेन्द्र प्रसाद बडूको नाम मन्त्री बन्नेको रुपमा पौडेल पक्षले टुंगो लगाएको हो ।

यस्तै कृष्ण प्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन् । आजै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता पनि भइसकेकाे छ। मन्त्रीहरुकाे सपथकाे लागि कुनै कानुनी अड्चन नभएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ।

सत्ता गठबन्धनमा सहभागी हुने सबै दलले मन्त्री बन्नेकाे नाम टुंगाे लगाइरहेका छन्। सबै दलबाट मन्त्री बन्नेकाे नाम टुंगाे लागिसकेपछि मन्त्रिपरिषद पनि आजै विस्तार हुने बुझिएकाे छ।