काठमाडाैं। नेकपा एमालेका प्रभावशाली नेता डा. भीम रावलले गठबन्धन सरकारप्रति लक्षित गर्दै कवितामार्फत् व्यङ्ग्य प्रहार गरेका छन्। उनले जाे जाे मिलेर सरकारमा गए पनि सबैकाे उद्देश्य चाहिँ एकै (कमिशन मन्त्रालय) रहेकाे भन्दै व्यङ्ग्य गरेका हुन्।
उनले ट्वीटरमार्फत् ट्वीट गर्दै सबैकाे यात्राकाे उद्देश्य कमिशन मन्त्रालय रहेकाे बताएका छन्। उनले राजनीति भनेकाे दाउपेच र कुर्सि भएकाे भन्दै त्यसकै लागि गठबन्धन गरिएकाे प्रति व्यङ्ग्य गरेका छन्।
उनले ट्वीटरमा गठबन्धन सरकारका शीर्ष नेताहरूको मूलमन्त्र भन्दै यस्ताे कविता लेखेका छन्ः
‘यही नै हो यात्रा, बुध्दि, विवेक
कमिशन मन्त्रालय उद्देश्य एक!
राजनीति भनेकै दाउपेच र कुर्सी रहेछ
यसकै लागि पार्टी र गठबन्धन भएछ!
तस्कर होउन या कोही भ्रष्टाचारी
हाम्रो खर्च जुटाउने हुन्छ क्रान्तिकारी !’




लोकपाटी न्यूज

