नेकपा (एस) बैठककाे निर्णय : दुई मुख्यमन्त्रीसहित चार मन्त्रालय लिएर सरकारमा जाने

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं । नेकपा एकीकृत समाजवादी दुई प्रदेशमा मुख्यमन्त्रीसहित चारवटा मन्त्रालय लिएर सरकारमा जाने भएको छ । नयाँ बानेश्वरमा आज बसेको स्थायी कमिटी बैठकबाट नेकपा एकीकृत समाजवादीले चार मन्त्रालय र एक राज्यमन्त्री लिएर सरकारमा जाने निर्णय गरेकाे हाे।

नेकपा एस निकट स्राेतका अनुसार दुई मुख्यमन्त्री चार मन्त्रालयकाे नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्नेछ।  भोलि बेलुका वा पर्सी बिहानसम्ममा थप निर्णय हुने र त्यसपछि मन्त्रिपरिषद् विस्तार हुने स्राेतले जनाएकाे छ।

नेकपा (एस)का अनुसार अब उसले शहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र श्रम तथा राेजगार मन्त्रालय पाउने भएकाे हाे ।