काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने भएको छ । आफ्नो दलले पाएको मन्त्रालयप्रति समाजवादीका नेताहरुले असन्तुष्टि जनाएपछि कांग्रेसले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय लिएर स्वास्थ्य मन्त्रालय दिने भएको हो ।
याे सँगै अब नेकपा एकीकृत समाजवादीले स्वास्थ्य मन्त्रालयसँगै शहरी विकास मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय पाउने भएकाे छ ।



लोकपाटी न्यूज

