राजेन्द्र बिक/बाजुरा। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको ७ औं जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि गरिएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन सकिएसँगै मत परिणाम सार्वजनिक भएकाे हाे।
बुधबार विहानबाट सुरु गरिएको मतगणना अनुसार पार्टी सभापतिका लागि देउवा पक्षबाट उम्मेदवार बनेका कविराज पंडितको पक्षमा ४ सय ८९ मत परेकाे छ भने पौडेल पक्षका उम्मेदवार रामसिंह रावलले ४ सय ७४ मत पाएका छन्।
त्यस्तै स्वतन्त्र प्यानलबाट सभापति पदमा उम्मेदवारी दिएका चक्रबहादुर शाहले १ सय ५२ मत प्राप्त गरेका छन् । पार्टी सभापतिका लागि ५१ प्रतिशत पुर्याउन ६ सय १५ मत ल्याउन पर्ने हुन्छ तर पहिलो निर्वाचनमा कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि देउवा पक्षका पंडित र पौडेल पक्षका रावलवीच पुनः मतदान हुने निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताएका छन्।
उनकाअनुसार आजै दिउँसो १ बजेबाट मतदान प्रक्रिया सुरु गरिने भएको छ । जिल्ला अधिवेशनको निर्वाचनमा नेपाली काँग्रेसका १२ सय १२ जना प्रतिनिधि मध्ये १२ सय ७ जनाले मतदान गरेका थिए । उपसभापतिमा भने पदम बडुवाल र सचिवमा भरत रोकाया बिजयी भइसकेका छन्।



लोकपाटी न्यूज

