राजेन्द्र बिक/बाजुरा। नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा मतदान कार्य सम्पन्न भएको छ । बाजुराको नेपाली कांग्रेसको १ हजार २ सय ७ मध्य १ हजार २ सय ५ मत खसेको मतदान अधिकृत सन्तोष भण्डारीले जानकारी दिएका छन्।
मंगलबार बिहानबाट ९ बजेदेखि सुरु गरिएको मतदान साझ ६ बजेर २० मिनेटमा सम्पन्न भएको हाे । सम्पन्न निर्वाचनको मतगणना आजै साँझ ९ बजेदेखि गणना हुने मतदान अधिकृत भण्डारीले बताएका छन्। असोज १६ गतेबाट काँग्रेस बाजुराको अधिवेशन सुरु भएको थियो । काँग्रेस बाजुरामा सहमतिको आधारमा नेतृत्व चयन गर्न नसकिएपछि निर्वाचन प्रक्रियाबाट मतदान सुरु भएको नेपाली कांग्रेस मतदान अधिकृत भण्डारीले बताए।
निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापती सहितको टीम छ भने पौडेल सिटौला पक्षबाट रामसिंह रावल सहितको टीम रहेको छ । त्यस्तै मध्यमार्गीबाट चक्र बहादुर शाहको टीम रहेको छ । नेपाली काँग्रेस बाजुराको अधिबेशनमा सभापतीमा ३ जना, उप सभापतीमा ३ जना सचिव ५ जना, सह सचिवमा ७ जना जिल्ला कार्य समितिमा १९ जना, जनजाति कोटामा ३ जना, दलितबाट ५ जना अपाङ्ग अल्पसख्यमा ४ जना, बडिमालिका नगरपालिका ५ जना, बुढिगंगा नगरपालिका ७ जना, त्रिबेणी नगरपालिकाबाट ६ जना, खप्तड छेडेदह गाउँपालिकाबाट ५ जना, स्वामिकार्तिक खापर गाउँपालिकाबाट ८ जना, जगन्नाथ गाउँपालिकाबाट ३ जना रहेको छन् ।
त्यसै गरी महाधिबेशन प्रतिनिधी महिलाबाट ७ जना र पुरुष खुलामा २२ जना रहेका छन् । खस आर्य महिलामा ६ जना र पुरुष खुलामा १० जना उम्मेद्वार रहेका छन् भने समाबेशी ४ जना दलित महिला २ जना, दलित ३ जना रहेका छन् । मधेशी लगायतका कोटामा ७ जना बीच मतदान भएको छ ।



लोकपाटी न्यूज

