बालुवाटारमा शीर्ष नेता : आजै मन्त्रिपरिषद् विस्तारकाे सम्भावना !

फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादु देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको जनाइएकाे छ । मन्त्रालय भागबन्डाका विषयमा छलफल भएको बुझिएको छ । छलफलसकिए लगत्तै नेताहरू संसद् बैठकमा पुगेका थिए ।

अहिले सत्ता गठबन्धन कार्यदलको बैठक पनि बस्दै छ । आजै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना समेत रहेको नेताहरूले बताएका छन् ।कांग्रेस स्रोतका अनुसार कार्यदलको बैठक बसेर अपराह्न ४ बजेसम्ममा यसबारे निचोड निक्लिने सम्भावना छ ।