काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत प्रशासित कश्मीरमा विद्रोहीले गरेको आक्रमणको निन्दा गरेका छन् ।
ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरी कश्मीरमा सुरक्षाकर्मीमाथि भएको आक्रमणको निन्दा गरेको प्रधामन्त्रीको सचिवालयले जनकारी दियो ।
कश्मीरकोे पुलवामा गुडिरहेको सैनिक गाडीलाई लक्षित गरी भएको आक्रमणमा ४० जनाको मृत्यु भएको थियो । आक्रमणमा अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । घाइते केहीको अवस्थागम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।
आक्रमणको जिम्मेवारी आतङ्ककारी समूह जैस–ए मोहम्मदले लिएको छ । भारतीय सुरक्षाकर्मीमाथि केही वर्षयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।



लाेकपाटी न्यूज

