‘अब खल्तीमा ठ्याम्मै पैसा नभएको नेपाली हुँदैन’

kp oli
लाेकपाटी न्यूज

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अब खल्तीमा ठ्याम्मै पैसा नभएको नेपाली नहुने बताएका छन् । उनले जनताको जलविद्युत आयोजना कार्यक्रममा बोल्दै नेपालीले कमाउन नपाएपनि अलिकति सरकारले खल्तीमा हालिदिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले रोजगारको अवसर र्सिजना गर्ने, रोजगार व्यवस्थित गर्ने र कसैलाई बेरोजगार हुन नदिने बताए । कोहि बेरोजगार भएमा जिविको पार्जनका लागि १०० दिनको कामको ज्यालाको आधार दिने उनको भनाई छ ।
ओलीले सहुलियत ऋण उपलब्ध गराउने भन्दै सटिफीकेट लिएर योजना पेस गर्ने र सिप अनुसारको योजना पेस गर्नेलाई सरकारले ऋण उपलब्ध गराउने बताएका छन् ।

यस्तै उनले विश्वकै इतिहासमा यो युग सबैभन्दा बढि प्रगति भएको युग बताएका छन् । उनले भने, ‘नेपालको प्रगती यस एक वर्षमा जति भयो त्यो इतिहासमा पहिले कहिल्यै भएन । सरकारले कति प्रगति गर्यो भनेर आँकडा र तथ्याङकले देखाउँने छ ।’

यो विकास ५ वर्षका लागि मात्र नभएर आगामी कैयौँ वर्षका निम्ती विकारको आधार भएको दावी गरेका छन् । उनले आफुले मजबुत आधार बनाई जग बसालेको बताए । उनले भने, ‘तपाईँले हजार तले भवन बनाएपनि यसले थाम्ने सार्मथ्य राख्छ ।’

उनले कानुनी तथा संरचनात्मक जग बनाएर एउटा नयाँ प्रणालीमा प्रवेश गरेको बताए । यसलाई कानुनी, व्यवहारगत, संरचनात्मक र आर्थिक हिसाबले अगाडि बढाएको उनको भनाई छ । उनले भने, ‘संसारको कुनै पनि ठाउँमा १ वर्ष भित्र नयाँ संरचना र संघीयतामा गएर बिना समस्या एक वर्षभित्र कयौँ संरचना, कानुनी व्यवस्था तयार गर्दै यसरी अगाडि जान सक्या छैन् ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्