‘ब्लुटुथ हेडफोन’काे प्रयाेग : कति खतरा ?

लोकपाटी न्यूज

काठमाडाै। ‘ब्लुटुथ हेडफोन’ को प्रयोग पछिल्लो समय धेरै बढेको छ । बजारमा विभिन्न डिजाइनका हेडफोनहरु आउन थालेका छन् । नयाँ एयरपड, एयरबड्स, वायरलेस नेकब्यान्ड जस्ता हेडफोनहरु बजामा उपलब्ध हुन्छन् । आकारमा सानो हुने, ब्लुटुथ हेडफोन ह्यान्डीइ र वायरलेस हुने भएकाले यसले जीवनशैलीमा सहज त बनाएको छ तर यसबाट निस्किने रेडियो फ्रिक्वेन्सी रेडियशनले स्वास्थ्यमा गम्भीर असर पार्छ । एक अध्ययनका अनुसार ब्लुटुथ एयरबडको धेरै प्रयोगले ब्रेन क्यान्सरको खतरा बढाउँछ ।

अमेरिकाको द युनिभर्सिटी अफ कोलोराडोमा बायोकेमेस्ट्रीका प्राध्यापक जेरी फिलिप्सले गरेको अनुसन्धानमा ब्लुटुथ वा वायरलेस हेडफोनले ब्रेन क्यान्सरको जोखिम बढाउने पत्ता लागेको छ । इयरबडबाट निस्किने तरंगले ब्रेनका तन्तुहरुलाई नोक्सान गर्छ । यसका साथै, न्युरोलोजिकल, जेनेटिक डिसअर्डर जस्ता गम्भीर रोगहरुको कारण पनि बन्न सक्छ । वायरलेस हेडफोनको धेरै प्रयोगले स्मरणशक्तिमा ह्रास आउँछ । भने बालबालिका र गर्भवती महिलाहरुमा यस्तो असर धेरै पर्छ ।

वायरलेस एयरबडको लामो समय वा लगातार प्रयोग किन खतरनाक ?

ब्लुटुथ, रेडियो फ्रिक्वेन्सी रेडियशनको मद्दतले फोन वा अन्य उपकरणसँग जोडिएको हुन्छ । यसकारण ब्लुटुथ हेडफोनमा कुनै पनि प्रकारको तार जोडिएको हुँदैन । तार नहुने भएकाले हिँड्न, व्यायाम गर्न वा अन्य काम गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसबाट भिडियोको आवाज सुन्न, अडियो सुन्न, कुराकानी गर्न सहज हुन्छ ।

इयरबड्सबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक फ्रिक्वेन्सीले हाम्रो शरीरमा नोक्सान पुर्याउँछ । जेरी फिलिप्सको अनुसन्धानका अनुसार हेडफोनको रेडियशनले मस्तिष्कको तन्तुहरुलाई मार्न सक्ने भएकाले लामो समयसम्म वा लगातार यसको प्रयोग गर्नु क्यान्सरको कारण बन्न सक्छ । साथै, यसको कानमा पनि गम्भीर असर पार्छ ।

कस्तो खतरा हुन्छ ?

न्यूरोलोजिकल रोगहरु 
सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्शनको एक रिपार्टका अनुसार नन आयोनाइजिंग रेडियशनको प्रत्यक्ष सम्पर्कमा लगातार रहँदा मस्तिष्कका तन्तुहरु मर्न थाल्छन् जुन न्यूरोलोजिकल रोगहरुको कारण बन्न सक्छ ।

मस्तिष्क क्यान्सर 
इयरबड्सबाट निस्किने रेडियशनले मस्तिष्कका तन्तुहरुलाई मार्नुका साथै मस्तिष्कमा पहिले देखि नै कुनै ट्युमर भएमा रेडियशनले त्यसलाई वृद्धि गर्छ जसले गम्भीर समस्या निम्त्याउँछ ।

कानको पर्दामा असर
हेडफोनको धेरै प्रयोग गर्दा कानको पर्दामा पनि असर पर्छ । ठूलो आवाजले कानको पर्दामा लगातार भाइब्रेसन गर्दा पर्दा फाट्ने सम्भावना हुन सक्छ ।

कम सुन्नु वा बहिरोपना 
लगातार लामो समयसम्म ठूलो आवाज कानमा लगाइरहँदा कान कम सुन्ने र बहिरोपना पनि आउने सम्भावना हुन्छ । हाम्रो कानको सुन्ने क्षमता ९० डेसिबल मात्र भएको र यो विस्तारै विस्तारै ४० देखि ५० डेसिबलसम्म कम हुन्छ ।

इन्फेक्शनको खतरा 
कुनै पनि प्रकारको हेडफोनको प्रयोगले कानमा इन्फेक्शनको खतरा बढाउँछ । इन्फेक्शनको खतराबाट बच्नका लागि सधैं आफ्नो मात्र हेडफोनको प्रयोग गर्नुपर्छ । अरुको हेडफोन प्रयोग गर्दा इन्फेक्शन सर्न सक्छ ।

टिनिटस
लगातार कानका एकै प्रकारको ध्वनी बजिरहँदा यस्तो समस्या आउँछ । यस अवस्थामा इयरफोनमा लगातार ठूलो आवाज सुनिरहँदा कानमा छन्–छन् आवाज आउने, चक्कर लाग्ने जस्ता समस्या पनि आउन सक्छ ।

टाउको दुख्ने 
वायरलेस इयरबड्सबाट निस्किने रेडियशनका कारण मस्तिष्कमा नराम्रो असर पर्छ । टाउको दुख्ने, निन्द्रा नलाग्ने जस्ता समस्याहरु पनि देखिन्छन् ।

गर्भवती महिला र बालबालिकाका लागि धेरै खतरनाक 
गर्भावस्थामा लामो समयसम्म इयरबड्समा गीत सुन्ने, कुराकानी गर्नु निकै खतरनाक मानिन्छ । अनुसन्धानका अनुसार गर्भावस्थामा रेडियशनयुक्त ग्याजेट्सको प्रयोगले आमा र गर्भमा रहेको बच्चा दुवैलाई नोक्सान पुर्याउँछ । रेडिएशनको प्रभावले गर्भपात हुने सम्भावना पनि हुन्छ । यसको प्रभाव हुने बच्चामा न्युरोलोजिकल डिसअर्डर हुने सम्भावना हुन्छ । बालबालिकाका लागि पनि यसको प्रयोगले बालबालिकाको मस्तिष्कका कोशिकाहरुमा रेडियशनको नराम्रो असर पर्छ ।