सञ्चारमाध्यमप्रति ओलीकाे असन्तुष्टी : संविधान मिचिँदा किन गरिएन खबरदारी ?

KP Sharma Oli
लोकपाटी न्यूज

काठमाडौ। एमाले अध्यक्ष केपी शर्मा ओली सञ्चारमाध्यमप्रति असन्तुष्ट भएका छन्। सरकारले संविधान मिचेर काम गर्दा समेत सञ्चारमाध्यमले जुन भूमिका खेल्नुपर्ने हाे त्याे भूमिका नखेलेकाे भन्दै ओली सञ्चारमाध्यमप्रति असन्तुष्ट भएका हुन्।

मंगलबार सम्पादकहरुसँगको अन्तक्रिया कार्यक्रममा बाेल्दै ओलीले सरकारले संविधान मिच्दा पनि मिडियाहरु चुप लागेर बसेको आरोप लगाए । उनले भने ‘मिडियाले आलोचना नगर्दा सरकारले बारम्बार गल्ती गरिरहेको छ। हामीलाई सञ्चारले खबरदारी गरेको कारण गल्ती कम भयो । तर अहिलेकाे सरकारप्रति मीडियाले खबरदारी गरेन।’

उनले लोकतान्त्रिक प्रणालीप्रति चिन्ता उत्पन्न भएको पनि बताए । आफू प्रधानमन्त्री हुँदा निर्वाचन घोषणा गरेको विषय उठाउँदै ओलीले प्रतिगमन शब्दको दुरुपयोग भएको उल्लेख गरे । उनले भने ‘प्रतिगमन शब्दको दुरुपयोग भयो । जनादेशमा जाने कुरा कसरी प्रतिगमन भयो ?’।