काठमाडाै। नेकपा एमालेले पार्टीको सुदूरपश्चिम इन्चार्जमा भीम रावल कि लेखराज भट्ट भन्ने विवाद मिलाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । सोमबार बसेको स्थायी कमिटी बैठकमा सुदूरपश्चिम इन्चार्जबारे छलफल भएको र रावल र भट्टमध्ये कसलाइ सुदूरपश्चिम इन्चार्ज बनाउने भन्ने विवाद उत्पन्न भएकाेले त्यसलाइ मिलाउने जिम्मा केपी शर्मा ओलीलाई दिइएको हाे।
बैठकमा सहभागी एक नेताका अनुसार रावल र भट्टको जिम्मेवारी विवादमा उच्चस्तरीय कार्यदलका नेताहरूसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले मिलाउने छन्। ‘जेठ २ लागू भैसकेको छ । सुदूरपश्चिमको हकमा उच्चस्तरीय कार्यदलसँगको सल्लाहमा अध्यक्षले मिलाउनुहुन्छ’ ती नेताकाे भनाइ छ ।
उनले रावल र भट्टमध्ये एकलाई सम्मानपूर्वक अर्को जिम्मेवारी दिन सकिने भन्दै १० बुँदे ९० प्रतिशत समाधान भइसकेको समेत दावी गरे । यसअघि उपाध्यक्ष रावलले पार्टी जेठ २ मा फर्कने सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट बनेका थिए ।
त्यस्तै सोमबारको स्थायी कमिटीमा विधान महाधिवेशनमा पेश गर्ने गरी आइतबार केन्द्रीय कमिटी बैठकले पारित गरेका तीन प्रतिवेदनमाथि आएका सुझाव समेट्नेबारे सामान्य छलफल भएकोउनले बताए।



लोकपाटी न्यूज

