देशभर ८३४ जनामा कोरोना संक्रमण पुष्टि, १२७९ काेराेनामुक्त

covid-19_corona
लोकपाटी न्यूज

असाेज १० काठमाडाै। बितेको २४ घण्टामा देशभर ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा निको हुने दर भने धेरै रहेको छ। पछिल्लाे २४ घण्टामा १२७९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार बितेको २४ घण्टामा १३ हजार ७३६ जनामा कोरोना परीक्षण भएको थियो । यसैबीच पछिल्लो २४ घण्टामा ९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६ पुगेको छ ।

यस्तै कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९१ हजार ३९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९० हजार ५४७ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ६१ हजार १५४ जना निको भएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्