असोज १० काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था नभएको बताएका छन् । उनले चुनावमा जानकाे लागि आफूहरुसँग प्रशस्त एजेण्डाहरु रहेकाे बताउँदै चुनावमा जान कुनै चिन्ता नभएकाे बताएका हुन् ।
पार्टी केन्द्रीय कमिटीको आइतबारको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारबाट धेरैले सिक्नुपर्ने गरी सरकारले काम गरेको पनि बताए ।
कुनै कारणले धक्का खायौं वा प्रतिपक्षमा पुग्यौ भन्दैमा आत्तिनु नपर्ने भन्दै ओलीले भने, ‘फेरि पनि सम्हालिएर अगाडि बढ्न सक्छौं । कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन ।’ उनले चुनावबाट तर्सिने स्थिति नरहेकाे स्पष्ट पारे ।



लोकपाटी न्यूज

