आज सेप्टेम्बर १८। विश्व इतिहासमा आज विभिन्न राजनीतिक तथा सामाजिक घटना विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्त्वपूर्ण घटना:
भेनगार्ड ३ पृथ्वीको कक्षमा : सन् १९५९ मा जर्मनीको एक कम्पनीले निर्माण गरेको रकेटमार्फत पृथ्वीको कक्षमा एउटा स्याटलाइट लन्च गरिएको थियो। पृथ्वीको अक्षको अध्ययन गर्न सो रकेट पठाइएको थियो।
लीग अफ नेसनमा रसिया : सन् १९३४ मा तत्कालीन सोभियत संघ तथा अहिलेको रसिया लीग अफ नेसनमा आबद्ध भएको थियो। फिनल्यान्डविरुद्धको आक्रामक कदमपछि केही वर्षपछि उसको सदस्यता रद्द भएको थियो।
नर्वे र स्वीडेनका राजा : सन् १८७२ मा अस्कर द्वितीय नर्वे र स्विडेनका राजा बनेका थिए। उनी आफ्नै दाजु चाल्र्स १५औ र १६औं का उत्तराधिकारी बनेका थिए।



लोकपाटी न्यूज

