बन्ने भयाे मोहनमायाकाे नयाँ भवन

लाेकपाटी न्यूज

चारपाने, २७ माघ । मोहनमाया माध्यमिक विद्यालयको नयाँ भवन निमार्ण हुने भएको छ । झापामा रहेका सामुदायिक विद्यालयहरु मध्ये नमुना विद्यालयको रुपमा रहेको मोहनमाया माद्ययमिक विद्यालयको चारतले भवन निमार्ण हुने भएको हो ।

विपन्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने बिर्तामोड–२ चारपानेको मोहनमायामा विएण्डसी टिचिङ हस्पिटलका कार्याकारी निर्देशक दुर्गा प्रसाईको सक्रियतामा चारतले भवन बन्ने भएको छ ।

सरस्वती पुजाको शुभ साईत पारी हस्पिटलका कार्याकारी निर्देशक दुर्गा प्रसाई, अध्यक्ष ईन्दिरा गिरीले भवनको शिलल्यास गरेका छन् ।
तिन महिना भित्रमा पहिलो तल्ला ३३X७० बर्ग फिट क्षेत्रफलमा निर्माण गरिने भवनको पुरै काम सक्दासम्म निर्माणमा ५० भन्दा बढी लगानी गर्ने प्रसाईले बताए ।

नौ सय विद्यार्थी अध्ययनरत मोहनमायामा २२ जना सुस्त श्रवण विद्यार्थीहरु पनि अध्ययन गरीरहेका छन । सुस्त श्रवण विद्यार्थीहरुलाई शैशिक सामाग्री, शिक्षक र खानाको व्यवस्था सरकारले मिलाएको भएतापनी आवासको व्यवस्था सरकारले नगर्ने भएको हुदाँ विद्यालयले नै आवास मिलाउनु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए । उनले व्यवस्थित आवास विएण्डसी समुहले निर्माण गरिदिने भएकोमा कार्यकारी निर्देशक प्रसाई, अस्पतालकी अध्यक्ष गिरी, दाताखोजीमा सक्रिय बनेका समाजसेवी देविप्रसाद गिरी तगायलाई धन्यवाद दिएका थिए ।

निर्माण सम्पन्न भवनमा पहिलो तल्लामा सुस्त श्रवण विद्यार्थीको आवास र बाकी तिन तल्लामा एघार बाह्रका विद्यार्थीहरुलाई पठन पाठन गर्न प्रयोग गर्ने विद्यालयका अध्यक्ष नारायण राजवंशीले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्