काठमाडौं । प्रतिनिधि सभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच अर्थमन्त्री जनार्दशन शर्माले पेश गरेको विनियोजन विद्येयक २०७८ बिचार गरियोस् भन्ने प्रस्ताव पारित गरिएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै एमाले सांसद उठेर वेल घेर्न पुगेका थिए । एमाले सांसदले विरोधमा नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई सो प्रस्ताव प्रस्तुत पेश गर्न अनुमति दिएका थिए। छलफलमा लागि नेमकिपाका सांसद प्रेम सुवालले छलफलमा भाग लिएका थिए।
त्यसपछि शोक प्रस्ताव पास गर्दैै बैठक सकिएको छ । बैठक असोज ४ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।


लोकपाटी न्यूज

