भारतको कोठीमा बेचिएकी पाँच नेपाली महिलाको उद्धार

Nepali Mahila01
लाेकपाटी न्यूज

काठमाडौं, २९ माघ । भारतको आग्राको कोठीमा बेचिन पुगेका पाँच नेपाली चेलीको उद्धार गरिएको छ।

भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरिएको हो ।

भारतमा दलाल र नक्कली बाबुआमा बनी उद्धार गरिएका पीडिताहरुलाई पुनः बेच्ने गरेको पाइएपछि पाण्डेको पहलमा भारतको विशेष अदालत र जिल्ला अदालतको निर्देशन बमोजिम नेपाल ल्याइएका ५ चेलीहरुमध्ये ३ जना चेलीहरुलाई प्रहरी प्रधान कार्यालयको समन्वयमा सात दिनभित्रै परिवारलाई हस्तान्तरण गरेको हो । डीएनए परीक्षणपछि उनीहरुलाई परिवारको जिम्मा लगाइएको हो ।

नेपालमा भारतबाट उद्धार गरी ल्याइएका पीडित महिला चेलीहरुलाई आवश्यक कागजातहरुका साथै डीएनए परीक्षण गरी हस्तान्तरण गरिएको यो प्रथम पटक हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्