काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज मध्यान्ह १२ बजे बैठक बस्नेछ।
बैठकमा आज बस्ने संघीय संसदको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गरिनेछ।
शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले आज संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो। सो बैठकले आफ्ना सांसदलाई शिष्ट भएर संसदमा विरोध प्रदर्शन गर्न ध्यानाकर्षण गराएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।
‘संसदीय मूल्य मान्यताभित्र रही मर्यादित र शिष्ट संस्कृतिभित्र बसेर विरोध जनाउन ध्यानकर्षण गरिएको छ’, उनले भने।
पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले सत्तापक्षको प्रतिनिधि जस्तो बनेर भूमिका निर्वाह गरेको आरोपमा संसदमा विरोध जारी राखेको छ।



लोकपाटी न्यूज

