भलिबल प्रतियोगितामा जनार्दन शर्मा

Janardan Sharma01
लाेकपाटी न्यूज

नेपालगञ्ज, २८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ यतिबेला गृह जिल्लामा व्यस्त छन् ।

गृह जिल्लामा रहँदा नेता शर्माले विकास निर्माणका कार्यको अनुगमन तथा स्थानीय नेता तथा कार्यकर्तालाई प्रशिक्षण पनि दिइरहेका छन् ।

उनी पार्टीका बैठक र आन्तरिक प्रशिक्षणमा समेत व्यस्त हुन थालेका छन् । जिल्ला बसाईका क्रममा उनले विकास आयोजनाहरुको निरीक्षण र अनुगमन मात्र गरिरहेका छैनन्, प्रदेश सरकारलाई समेत अभिभावकत्व प्रदान गरिरहेका छन् ।

सधैं जिल्लामा व्यस्त रहने पूर्वमन्त्री शर्माले सोमबार भने नेपालगञ्ज पुगेर एक भलिबल प्रतियोगिताको सद्घाटन गरे । शहिद स्मृति भलिबल प्रतियोगिताको खेलमा केही बेर शर्मा आफै सहभागी भएका थिए ।

सोमबार नेता शर्माले नगरस्तरीय अन्तर मा.वि भलिबल प्रतियोगिताको उद्घाटन गरेका हुन् । त्यस क्रममा उनले भलिबलसमेत खेलेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्