कसले गर्‍याे सुजाताकाे स्वकीय सचिव भन्दै ठगी ?

Sujata Koirala
लाेकपाटी न्यूज

काठमाडौं, २८ माघ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले आफनो सचिवालयको कर्मचारी हुँ भन्दै कुनै किसिमको पत्राचार तथा सम्पर्क गरेमा त्यसलाई अस्वीकार गरी सचिवालयमा सिधै सम्पर्क गर्न अपील गरेकी छिन् ।

केहि असम्बन्धित व्यक्तिहरुले कोइरालाको सचिवालयको कर्मचारी भन्दै नेपाल स्थीत विभिन्न दुतावासमा पुगेको भन्ने दुतावासहरुबाट जानकारी पाएपछि उनले यस्तो आग्रह गरेकी हुन् । उनले लेखेकी छिन्, ‘म अहिले संघीय संसदको सांसद र नेपाली काँग्रेसको केन्द्रीय सदस्य रहेको छु । मेरो सचिवालयमा अहिले लक्ष्मण थपलिया निजी सचिव रहेको जानकारी गराउँदछु । निज थपलियाबाहेक अरु कोही व्यक्तिले मेरो सचिवालयको कर्मचारी हुँ भन्दै कुनै किसिमको पत्राचार तथा सम्पर्क गरेमा त्यसलाई अस्वीकार गरी मेरो सचिवालयमा सिधै सम्पर्क गर्नुहुनका लागि म विनम्रतापूर्वक आग्रह गर्दछु ।’

“म र मेरो सचिवालयको बदनाम गर्ने तरिकाले केही दिनदेखि केही व्यक्तिहरु नेपालस्थित विभिन्न देशको राजदूतवास र विभिन्न संघ संस्थामा गएर मेरो र सचिवालयको नाम जोडेर आफ्नो काम लिन लागिरहेको खबर जानकारीमा आएको छ । यस्तो गैरजिम्मेवारी कार्यमा संलग्न व्यक्तिलाई अबिलम्ब कानुनको दायरामा ल्याई कारबाही गर्नका लागि हार्दिक अनुरोध गर्दछु’ उनले लेखेकी छिन् ।

कोइरालाका निजी सचिव लक्ष्मण थपलियाका अनुसार सुजाताको नाममा राजदुतावास धाएर ठगी गर्न खोज्नेको पहिचान भइसकेको छ । ठगी गर्न खोज्नेलाई कानूनी कठघरामा उभ्याउन पनि उनले आग्रह गरेकी छिन् ।

51466859_318386169022509_7297490391882792960_n

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्