ओली–प्रचण्ड मादुरोकै पक्षमा हुनुहुन्छ : विष्णु पौडेल

Bishnu paudel
लाेकपाटी न्यूज

बुटवल, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले भेनेजुयलाको विषयमा पार्टीभित्र कुनै विवाद नरहेको प्रष्ट पारेका छन् । भेनेजुयलाबारे सचिवालयले जारी गरेको वक्तव्य नै आधिकारिक रहेको र दुवै अध्यक्ष सो विषयमा प्रष्ट रहेको महासचिव पौडेलले बताए ।

लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीको २० औं साधारणसभा एवंम १० औं अधिवेशनको उदघाटनमा महासचिव पौडेलले भने, ‘भेनेजुयला प्रकरणबारे पार्टीभित्र कुनै विवाद छैन, दुवै अध्यक्ष प्रष्ट हुनुहुन्छ ।’

उनले सरकारका काम कारवाहीलाई लिएर रचनात्मक ढंगले सुझाव दिनुलाई अन्यथा भन्न नमिल्ने पनि बताए । यद्यपि, चिन्ता लिन भने आवश्यक नरहेको बताए । त्यस अवसरमा तिलोत्तमा नगरपालिका–५ निवासी ५६ वर्षीय श्रमिक महिला उमाकला विकलाई २० वर्षदेखि परम्परागत आरन पेशा गर्दै आएको भन्दै नगद आठ हजारसहित सम्मान गरिएको थियो ।

त्यसैगरी पूर्वअध्यक्षहरु भरतराज भुसाल, अर्जुन ज्ञवाली, शशिधर पौडेल, कृष्णप्रसाद नेपाल, डिआर घिमिरे, लक्ष्मण ज्ञवाली र कृष्णप्रसाद अर्याललाई प्रमाणपत्रबाट सम्मान गरिएको थियो । अधिवेशनबाट दुजेन्द्र बस्नेत अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनबाट उपाध्यक्षमा दुर्गाप्रसाद पाण्डे, कोषाध्यक्षमा अर्जुनराज उपाध्याय, सञ्चालक सदस्यहरुमा इन्द्रबहादुर सुनार, रामबहादुर बस्नेत, शारदा अर्जेल, रामचन्द्र पाण्डे, विष्णु प्रसाद पाण्डे, लोकनाथ पाण्डे, रामप्रसाद ढकाल, दिनेश रायमाझी, केशवराज गौतम उपाध्याय, टंकप्रसाद पाण्डे, देवी वाग्ले र मधुकला कुँवर चयन भएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्