देउवा र रामचन्द्रलाई बिदाई गरौं : गगन थापा

Gagan Thapa
लाेकपाटी न्यूज

२७ माघ । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आइतबार गोरखामा आयोजित एक कार्यक्रममा नेता थापाले महाधिवेशन आउन एक वर्षभन्दा केही बढि समय रहेको अवस्थामा कथाले मागे सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेता थापाले पहिलो पुस्ताका नेताहरुलाई सम्मानजनक बिदाई गर्नुपर्ने धारणा राखे ।

नेता थापाले अब पार्टी नयाँ पुस्ताले हाँक्ने बताउँदै भने, ‘नेपाली कांग्रेसको नयाँ पुस्ताको नयाँ व्याख्या हुन्छ । पहिलो पुस्ताका नेताले नेतृत्व गर्दा पार्टी जमेको पोखरी जस्तो भयो, पार्टीलाई बगेको नदी जस्तो बनाउनु पर्छ । त्यसैले अब पहिलो पुस्ताका स्तुत्य नेताले हाम्रो अभिभावक बनिदिनुपर्छ ।’

उनले आउदो महाधिवेशनमा कार्यकर्ताको माग भए केन्द्रीय सदस्य, महामन्त्री वा सभापति जे बन्न पनि तयार रहेको बताए । ‘कथाले जे माग्छ भने म त्यो गर्न तयार छु । तर, एउटै कुरा के हो भने पहिलो पुस्ताका नेतालाई बडो सम्मानकासाथ अभिभावक बनाएर राख्नुपर्छ । नयाँ पुस्ताका आम कांग्रेसको नेतृत्व नयाँ पुस्ताले नै गर्नुपर्छ,’ नेता थापले भने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्