प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा मिश्र सिफारिस

Harikrishna mishra
लोकपाटी न्यूज

जनकपुरधाम। प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरि शंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरिएको छ। मन्त्रिपरिषद् बैठकबाट मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा सिफारिस गरेको हो।

मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाइएको छ। महोत्तरीको पिपरा गाउँपालिकाको पिपरा बस्ने उनी नेपाली काँग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन्। मिश्र नेपाली काँग्रेसबाट सांसदमा समेत निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्