काठमाडौं। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्। केसीले बिहीवार लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
उनीसँगै गठबन्धन दलका अन्य ६ मन्त्रीले समेत पद तथा गोपनीयताको शपथ लिएका छन्। तर, शपथ ग्रहण कार्यक्रममा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेललगायत उनी पक्षका नेताहरू भने सहभागी भएनन्।
पोखरेलले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकै बाटो समातेका छन्। शेरबहादुर देउवाले प्रधानमन्त्रीको रूपमा शपथ लिँदा ओलीले शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका थिए।



लोकपाटी न्यूज
