काठमाडौं। नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको अन्तिम नामावली तत्काल सार्वजनिक गर्न माग गरेका छन्। केन्द्रीय सफ्टवेयरमा समाविष्ट गरिएका क्रियाशील सदस्यको नामावली तत्काल सार्वजनिक हुनपर्ने उनीहरूको माग छ।
संस्थापनइतर जिल्ला सभापतिहरूले क्रियाशीलको नामावली हेर्न र त्रुटि सच्याउने न्युनतम अवसर पनि नदिइएकोमा आपत्ति जनाएका छन्।
साथै १४ औं महाधिवेशन सुनिश्चित गर्न पनि उनीहरूको माग छ। कांग्रेसको ७५ वर्षे जीवनकालमा पार्टी महाधिवेशनको विषयलाई लिएर अहिलेजति कहिल्यै पनि हिनताबोध नभएको उनीहरूको भनाइ छ।
केन्द्रीय समितिले घोषणा गरेको महाधिवेशन कार्यतालिका प्रभावित भएको पाँचौंपटक भइसकेको भन्दै उनीहरूले पार्टी संकटमा पर्न दिन नहुनेमा ध्यानाकर्षण गराएका छन्।



लोकपाटी न्यूज

