संघीयता खारेजीको मुद्दा एमालेले पनि उठाउँछ : रवीन्द्र मिश्र

Rabindra Misra
लोकपाटी न्यूज

काठमाडौं। संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने राजनीतिक दस्ताबेज सार्वजनिक गरेपछि विवादमा तानिएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेकपा एमालेले पनि संघीयता विरोधी एजेण्डा ल्याउने प्रबल सम्भावना रहेको दाबी गरेका छन्।

‘तपाईंको दस्ताबेज मूलभूत रूपमा कमल थापाजीहरूसँग नजिक छ नि’ भन्ने प्रश्नको उत्तर दिने क्रममा अध्यक्ष मिश्रले एमालेले पनि संघीयता विरोधी एजेण्डा ल्याउने प्रबल सम्भावना रहेको दाबी गरेका हुन्।

‘भोलि नेपाली काँग्रेसले हिन्दु राष्ट्रको एजेन्डा उठायो भने अर्थात् गएको महाधिवेशनमा झण्डै साढे ७ सयले हस्ताक्षरसहित हिन्दु राष्ट्र हुनुपर्छ भने होइन ? ती सबै साढे ७ सय जना राप्रपाकरण भएका हुन्,’ उनले भनेका छन्, ‘अनि अब संघीयता विरोधी एजेन्डा एमालेले ल्याउने प्रबल सम्भावना छ, अनि त्यो चाहिँ चित्रबहादुर केसीकरण भएको हो ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्